यूएईले नेपाललाई दियो ३११ रनको कडा लक्ष्य

Advertisement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कडा लक्ष्य दिएको छ ।

आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले विशाल लक्ष्य बनाएको हो । यूएईले टस जितेर ब्याटिङ रोजेको थियो । यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । 

Advertisement

अन्तिम र नेपालको लागि निकै महत्वको आजको खेल हेर्न कीर्तिपुर खेल मैदानमा दर्शकहरुको भीड लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरु पनि पुगेका थिए । 

Advertisement

Advertisement