मान्डु हाइड्रोले आईपीओ निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । मान्डु हाइड्रोपावर कम्पनीले १६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ बिक्री गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) संग अनुमति माग गरेहो हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपियाँमा १४८ रुपियाँ प्रिमियम जोडेर प्रतिकित्ता रु. २४८ मा आइपीओ बिक्री अनुमति मागेको हो । 

Advertisement

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघिनै प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement