आज (चैत ३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको ३ गते शुक्रबार, चैत्र कृष्णपक्षको दशमी तिथि रहेको छ ।

मेष 
भाग्य बलियो रहेको समय रहेको छ । बोलीको प्रभाव बढ्न जाँदा प्रभावशाली व्यक्तित्व हुने छ । रिस पनि अत्याधिक कडा शैलीका हुने भएकाले रिस नियन्त्रण गर्न ध्यान दिनु पर्ने देखिन्छ । पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण ब्यवसाय, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समय अनुकुल रहने छ । 

Advertisement

वृष 
समय अनुकुल चलिरहेको छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ भने आत्माबलमा पनि बृद्धि हुने छ । धन सम्पत्तिमा बढोत्तरी हुन पुग्ने छ । ब्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल, ठेक्का पट्टा, औषधी जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ प्राप्त हुने छ ।

मिथुन 
अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । मनमा दुविधा अत्याधिक बढ्न जाने छ । यसले निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् । पानी, दुध, मदिरा, कोल्ड ड्रिक्स, धार्मिक वस्तुहरुको ब्यापार, दुधको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । 

कर्कट
रिस धेरै उठ्ने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नु होला । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । पेशागत जीवनमा केही सकारात्मकता थपिने छ । तर भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायमा कठिनाईहरुका क्रम देखा पर्ने भएकाले संयमित रहनु होला । घर घडेरी, गाडि, बाहन, जग्गा जमिनका विषयमा नोक्सानी व्योहर्नु पर्ने भएकाले सतर्क रहनु होला । 

सिंह
मनमा निरन्तर दुविधाले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । आफूलाई प्राप्त जिम्मेबारी वहन राम्रोसँग गर्न नसक्दा त्यसको नकारात्मक प्रभाव आफु माथि पर्न जाने छ । 

कन्या
मनमा दृढता थपिने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । भाग्यको बलियो साथ रहेको देखिन्छ । आम्दानीमा पनि बृद्धि हुने छ । औषधी आपूर्ति, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ । 

तुला 
शरीरमा कमजोरी बढ्ने छ जसले गर्दा मनोबलको कमि आउने छ । दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि देखा पर्ने छ । जीवनसाथिको साथसहित काम गरेमा अवरोधहरु छिचोल्न सहज हुने छ । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला । 

वृश्चिक
मनोबल उच्च रहने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ । प्रेस ब्यवसाय, स्टेशनरी, पुस्तक कारोवार, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ ।

धनु 
दृढता बृद्धि हुने छ । व्यक्तित्वमा रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयमिताको खाँचो रहन्छ । पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले जे जति प्राप्त भएको त्यसमा सन्तोष लिँदै अघि बढ्नु होला । गुप्तचरी र अनुसन्धनात्मक क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ । 

मकर 
भाग्यको बलियो साथ रहेको छ । परिवारको साथ र मद्धतमा सहजता उपन्न हुन जाने छ । भत्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलताको दर बढ्ने छ । पेशागत जीवनमा विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु देखा पर्ने छ । पैसा सर सापटी गर्दा निकै विचार पुर्याएर मात्र गर्ने तर्फ ध्यान दिनु होला । साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कने छ । 

कुम्भ 
परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने छ । मनमा दुविधाका क्रमहरु बढि आउँदा निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताको अभाष हुने हुँदा ब्यक्तित्वमा दृढताको कमि आउने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमीपनाले सार्थकता पाउने छ । ठेक्कापट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी, घर घडेरी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा प्राप्त हुने छ । 

मीन
मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । परिवारको साथका कारण कदर र प्रशंसा प्राप्त हुन पुग्ने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । घर घडेरी,सवारीसाधन, वाहन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय सकारात्मक बन्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement