आलोचनापछि प्रधानमन्त्रीको निर्देशन– कीर्तिपुर मैदानमा फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नु

Advertisement

काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । 

शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपियाँ दिने बताए । उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । 

Advertisement

दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए । उनले भने, ‘तपाईंहरुले खेल्नुभएको यो खेलमा तपाईंहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन लाख दिने घोषणा गर्दछु । कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ । सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीब्र गतिमा काम अघि बढाइरहेको बताए । 

Advertisement

Advertisement