जसपाका नेता यादव उपराष्ट्रपतिमा निर्वाचित

Advertisement

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारका साथ निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवलाई १८४ सांसद र ३२९ प्रदेश साँसदले मत दिए । 

Advertisement

नेकपा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई भने १०४ साँसद र १६९ प्रदेश साँसदले मत दिए । 

जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ साँसद र १५ प्रदेश साँसदले मत दिए भने उम्मेदवारी फिर्ता लिएकी जसपाकै प्रमिला यादवको एक मत पनि आएन् । 
 

Advertisement

Advertisement