एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा घोषणा

Advertisement

काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । 

यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बैंकले विज्ञप्ति मार्फत जनाएको छ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास राखेको छ ।

Advertisement

यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याज दरहरूमा परिवर्तन भएता पनि मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ । 

‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने । 

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फतसेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement