आफ्ना जनतालाई अढाई रुपियाँमा बिजुली बेच्ने, नेपाललाई १२ रुपियाँ लिने ?

नेपालले विद्युत व्यापार गर्ने बेला भएको छैन्ः ओली, ‘६ रुपियाँ युनिटमा बेचेर १२ मा किन्न हुँदैन’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । शुक्रबार उमालेनिकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनमा उनले भारततर्फ संकेत गर्दै छ रुपियाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपियाँमा विद्युत खरिद गर्न नहुने बताएका हुन् ।  

भारतले आफ्नो बार्गेनिङ क्षमतामाथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने ओलीले पटक पटक बताए । उनले मुलुक भित्रै विद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै यसको बिक्रीको कुरा गर्न उपयुक्त हुने बताए । 

Advertisement

भारतले अढाई रुपियाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपियाँमा बेच्ने काम गरेर अन्याय गरेको बताउँदै ओलीले त्यस्ता खालको काममा लाग्न नहुने बताए । उनले भने, ‘विद्युत निर्यात किन गर्नु पर्यो ? पहिले यहाँ खपत गरांैं । यहाँ रोजगारी सिर्जना गरांैं । उत्पादनमूलक उद्योगलाई अघि बढाऔं । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरांै । अनि मात्रै व्यापारका कुरा गरौंला । अहिले विद्युतको हाहाकार छ । तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ– हामी कहाँ त विद्युत आवश्यकताभन्दा बढि भईसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईंहरुलाई नचाहेको भए पनि किनिदिनोस् भन्नु पर्यो । त्यस्तो पनि हुन्छ कुरा । नचाहिएर कसैले किन्छ ? उसकहाँ विद्युत आवश्यकताभन्दा बढि भईसक्यो भने कुनै हालतमा पनि कुनै सर्तमा अनि सित्तै दिए पनि..... । मैले खाना खाएर खाईसके । तपाईंले सित्तै खाना खुवाउछु भन्नु भयो । कसरी खान्छु ? मेरो आवश्यकता परिपूर्ति भईसक्यो भने म त्यो आवश्यकतामाथि कसरी उपयोगिताको पनि सिमान्तको नियम हुन्छ नि ।’ 

ओलीले थपे, ‘त्यसकारण कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौं । चाहिएको छ, त्यसकारण किनीराखेको छ । तर, हाम्रो विद्युत क्षमता आवश्यक्ता भन्दा बढि विकास भईसक्यो भन्ने कुरा गलत हो । होइन  भने हाम्रो विद्युत किन्ने थिएन । खाली हामीलाई बार्गेनिङ गर्नका लागि । त्यसकारण यो बार्गेनिङमा धेरै परिरहनुपर्ने आवश्यक्ता नै छैन । हामी कहाँ कति उत्पादन भएको छ विद्युत । हाम्रो जस्तो देशले विद्युतको खपत कति गर्ने हो ? अनि औद्योगिकीरकण गर्नु पर्दैन ? हामी कहाँ विद्युत खपत भएन भन्ने । उद्यमी, व्यवसायीहरुले विद्युत मागी राखेको छ । सबस्टेशन छैन । त्यसकारण दिन सकिदैन भनिन्छ । अनि हाम्रो इन्डष्ट्रीलाई दिन नसकेर हाम्रो उत्पादन भईराखेको छैन । हामी महंगोमा लिन्छौं । यहाँ उत्पादन भयो भने हाम्रो हिसाव कस्तो हुन्छ भने यही सामान प्रोडक्सन भयो भने आयात हुँदैन, आयात भएन भने टयाक्स आउदैन । कठैबरी । त्यो खालको हिसावकिताव हुन्छ यहाँ । यो गलत हो । त्यसकारण अहिले हामी ऊर्जा व्यापारको क्षेत्रमा हामी ऊर्जा किनिराखेका छौं । किन्छौं महंगो । हामीलाई व्यापारको खुव शौख छ । किन्छौं १२ रुपैयाँमा । उपभोक्ता कहाँ पुग्दा ३८ सम्म पुग्यो । बेच्छौं कतिमा ? ६ रुपैयाँमा बेच्छौं कि क्या हो । हाम्री आमा कति बाठी–६ मा बेची, १२ मा किनी । अनि हामीलाई ऊर्जा व्यापारको चिन्ता छ हामी यो भन्न सक्दैनौ । यत्रो ऊर्जाको देश एक सय १२ वर्ष अगाडि हामी भन्दा १३ वर्ष अघि इन्डियाले सुरु गरेको थियो । त्यो पनि हामी भन्दा सानो स्केलमा । चीनले पनि हामी भन्दा केही अघि तर सानो स्केलमा ऊर्जा उत्पादन सुरु गरेको थियो । एक समय हामी विद्युतीकरणको सन्दर्भमा इन्जिन जस्तो थियौ क्या । तर त्यसलाई हामीले मेन्टेन गर्न सकेनौं । हाम्रो चाँही अलि सस्तोको फ्याँकिदिने र उता पुग्ने । उनीहरुको चाँही भारीमा बोकेर लिएर आउँदाखेरी महंगो हुने त होइन होला नि । उही तारबाट आउने र जाने हो नि त । त्यही तारबाट गएको विजुली सस्तो, त्यही तारबाट यता आउने चाँही महंगो । के भएको हो ? त्यत्रो आवश्यक्ता भन्दा बढि उत्पादन भएको देशले आफ्ना जनतालाई दुई अढाई रुपैँयामा उपभोग गराउने, अनि हामीलाई चाँही १२ रुपैयाँमा । तसर्थ, यस सन्दर्भमा सम्भवतः आजभोली दिल्लीमा पनि वार्ता हुँदैछ क्यार । वार्ता गर्नेहरुले यस्ता कुरामा अलि बढि ध्यान दिनुप¥यो । ऊर्जा व्यापार, ऊर्जा विक्री धेरै चिन्ताको विषय होइन । अहिले हाम्रो उपभोग क्षमता वृद्धिको आवश्यक्ता छ । त्यो बढाउनु पर्छ ।  ’

Advertisement

Advertisement