मुलपानी सडक अनुगमन गर्न गएका मन्त्री नारायणकाजी श्रेष्ठ र स्थानीयबीच भनाभन

Advertisement

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ । 

शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो । 

Advertisement

उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पत्ति नछोड्ने भन्दै मन्त्रीसँग आक्रोस पोखेका थिए । 

स्थानीयले भने दुःख गरेर कमाएको सम्पत्ति सरकारलाई सित्तैमा दिन नसकिने बताएका थिए । उनीहरुले मन्त्रीलाई जग्गाको मुआब्जा नदिएसम्म सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारसँग मुआब्जा दिनुपर्ने बताएका थिए । 

तर मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गाधनीले एक पटक मुआब्जा आएर पनि पुनः माग गरेकोप्रति जवाफ मागेका थिए । जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए । 

कतिपय जग्गाधनीले सडकमा जग्गा पर्ने अरु सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरुको विषय बोल्न उचित नरहेको बताए । विवाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताएका थिए । स्थानीयहरुले मन्त्रीको अनुगमनका क्रममा मन्त्रीलाई नै एकअर्काका पोल खोलेका थिए । 

Advertisement

Advertisement