विश्वकप क्वालिफायरका लागि छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुग्नु होः चन्द

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा चन्दले यस्तो बताएका हुन् । 

विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रुपमा क्यानले लिएको बताउँदै चन्दले संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने बताए । राज्यले यसमा ध्यान दिन जरुरी रहेको चन्दको भनाई छ । 

Advertisement

उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताए । उनले भने, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महशुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ । राज्यको प्राथमिकतमा मात्रै होइन, पहिलो प्राथमिकतमा खेलकुद क्षेत्रमा पर्नुपर्छ । खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्छु । ठूलो प्रतियोगिताको तयारी हामी गर्दैछौँ, त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गरे । 

Advertisement

Advertisement