सुर्खेत उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज उडेको केही समयमै इन्डिकेटरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्काइएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजसँग सम्वन्धित इन्जिनियरहरुलाई अहिले काम गर्न रोक लगाइएको र जहाज ग्राउण्डेड गरिएको उनले बताए । 

Advertisement

प्राधिकरणको प्राविधिक टोलीले जाँच गरेर मात्रै जहाज उडान सकिने निरौलाले बताए । बुद्ध एयरका अनुसार ६२ जना यात्रु लिएर सो जहाज सुर्खेत गएको थियो ।

Advertisement

Advertisement