सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला एक लाख १० हजार रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यले हाल सम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

आज एकैदिन सुन प्रतितोला २९ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी चादी प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यसअघि गत गत माघ १९ गते सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय पुगेर रेकर्ड कायम भएको थियो । आज सो रेकर्ड तोडिएर नयाँ किर्तिमान बनेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेपछि त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement