काठमाडौं । सुनचाँदीको मूल्य हिजो ह्वात्तै बढे पनि आज भने घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।