आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

Advertisement

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच हुन लागेको मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा हिजो अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

Advertisement

यी दुई कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जर पछि आईजीआई प्रुडेन्सिय इन्स्योरेन्स कम्पनीका नामबाट एकीकृत कारोबार हुनेछ । 

अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएसँगै उक्त प्रस्ताव विशेष साधारण सभाले पारित गरेपछि एकीकृत कारोबारका लागि बाटो खुल्ने कम्पनी सचिव उमा जोशीले बताएकी छिन् । आगामी बैशाख १ बाट एकीकृत कारोबार शुरु गर्ने गरी तयारी थालिएको छ । 

दुई कम्पनी मर्ज भएपछि बन्ने कम्पनीको सीईओमा आइएमई जनरलका सीईओ युगेशभक्ता वादे श्रेष्ठ र अध्यक्षमा हेमराज ढकाल हुने यसअघि नै सहमति भइसकेको छ । 

हाल प्रुडेन्सिय इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख रुपियाँ र आईजीआईको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपियाँ छ । 
 

Advertisement

Advertisement