संसदमा दाहाललाई एमालेको प्रश्न– प्रधानमन्त्री बनेपछि के त्यस्तो आपत आइपर्यो फर्किनुपर्ने ?

Advertisement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्ण पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउँदै पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भनी प्रश्न गरे । 

Advertisement

प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनुको कारण इतिहासले सोधिरहने पौडेलले बताए । उनले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो । यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’ 

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे । 

Advertisement

Advertisement