आइएमई लाइफको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको सभाले आईपीओ निष्काशनको प्रस्ताव समेत पारित गरेको छ । 

उक्त सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन सहित अन्य आवश्यक वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित भएको हो ।

Advertisement

कार्यक्रममा कम्पनीको बीमाकोष २२.३१ प्रतिशतले वृद्धि भई पाँच अर्ब ४७ करोड ९४ लाख रुपियाँ पुगेको जानकारी दिइयो । त्यस्तै, संचालक समिति अध्यक्ष अर्यालले कम्पनीलाई अन्य कम्पनीको तुलनामा अब्बल बनाउने विश्वास व्यक्त गरे । 

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले पनि ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

Advertisement

Advertisement