ओलीको जिकिर– दक्षिणपन्थीको सरकार बन्यो, अब भ्रष्टाचार बढ्छ, विकास रोक्किन्छ

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको र विदेशीसँगको सम्वन्ध बिगारेको बताएका छन् । 

सोमवार संसद भवनमा आयोजित आफ्नो पार्टीको बैठकमा उनले दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए । पार्टीमा दाहाल जंगबहादुर झैं रहेको ओलीको भनाई छ । उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए । 

Advertisement

दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताउँदै उनले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेको बताए । प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने उनको भनाई छ । 

ओलीले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक सबै अरुको केही दोष छैन् । अलमलमा उहाँ दबाबमा हुनुहुन्छ । प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो, त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ । अरुसँग मिलेको भन्ने आरोप लाग्छ । उहाँ एकता हुन दिनुहुन्न् । एकता भइहाल्यो भने त्यसलाई तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर छोड्नुहुन्छ । विगतमा देखिएको छ । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थीहरुसँग गएर जोडिनुभयो ।’ 

उनले थपे, ‘यस पटक फेरि वामपन्थी सरकार गठन भयो तर उहाँलाई सैह्य भएन । प्रधानमन्त्री भएको भोलिपल्टबाट इमानमा रहन सक्नुभएन । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनु भयो । भ्रष्टाचार अब बढ्दै जान्छ । रोकिँदैन । विकास निर्माण रोकिन्छ । उहाँ एमाले बिरोधी हुनुपर्ने भन्ने सोचमा हुनुपर्छ । राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा हुनुहुन्छ । वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ । यो उहाँकै कारण हो ।’ 
 

Advertisement

Advertisement