ओलीलाई मैले दुई पटक प्रधानमन्त्री बनाए, उहाँले बल्ल एक पटक मलाई बनाउनुभयोः दाहाल

Advertisement

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताएका छन् । 

सोमवार संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायाँपट्टी लबिमा आइपुग्ने दाबी गरेको खुलासा गरेका हुन् । त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको दाहालले बताए । 

Advertisement

उनले भने, ‘त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बायाँपट्टी लबिमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ ।’

प्रधानमन्त्री दाहालले ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने तर्क गरे । उनँले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न उनको आग्रह छ । दाहालले त्सो भन्दा ओली गम्भीर भएर सुनिरहेका थिए । 

उनले, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाव राख्नुहोला ।’


प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पार्दै एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताए । 

Advertisement

Advertisement