सिफारिसमा परेका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरियो, को होला आईजीपी ?

Advertisement

काठमाडौं । सरकारले पाँच जना नायव प्रहरी महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिसमा परेका उनीहरुर्ला सरकारले बढुवा गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन चाहान्छन् भने सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल थापालाई आईजीपी बनाउन चाहान्छन् । 

Advertisement

थापाले यसअघिको स्थानीय निर्वाचनमा दाहालपुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन महत्वपूर्ण योगदान दिएकाले सो गुन तिर्न प्रधानमन्त्री दाहालले आईजीपी बनाउने अडकल गरिएको छ । हालका आईजीपी धीरजप्रसाद सिंहको कार्यकाल पाँच दिनपछि सकिँदैछ । 

Advertisement

Advertisement