मर्जर प्रस्ताव पारित गर्न आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा

Advertisement

काठमाडौं । मर्जरमा जाने अन्तिम तयारी गरिरहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले चैत २२ गते एकै दिन विशेष साधारणसभा बोलाएका छन् । 

गत आइतबार मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका दुबै कम्पनीले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका हुन् । 

Advertisement

आईएमई जनरलले लैनचौर ब्याक्वेट र प्रुडेन्सियलले सिमराको होटेल इच्छामा सभा बोलाएको जनाएका छन् । 

उक्त विशेष साधारण सभाले विशेष गरी मर्जर प्रस्ताव पारित गर्नेछ । प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारका लागि बाँकी प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । यी दुई कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्जमा जान लागेका हुन् । 

मर्जर पछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सीईओमा युगेशभक्त वादे श्रेष्ठ र अध्यक्षमा हेमराज ढकाल हुने यसअघि नै सहमति भइसकेको छ । 

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

Advertisement

Advertisement