राष्ट्र बैंक भन्छ-‘भाखा नाघेको कर्जा असुलीमा धितो लिलामीको यस्तो छ व्यवस्था’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जाको ६ महिनापछि मात्रै धितो लिलामी गर्न पाउने व्यवस्था रहेको सुझाएको छ । 

राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थाहरुका लागि उक्त व्यवस्था सुझाएको हो । 

Advertisement

कर्जा लिंदाका बखत तोकिएको शर्त बमोजिक कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिको कर्जा तोकिएको समयमा असुल नभएमा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही शुरु गर्दा भाखा नाघेको कम्पनीमा ६ महिना भई उक्त कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तय गरेको व्यवस्थाको पालना नगरेमा ऋण लिएको संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सुझाएको छ । 

उक्त सम्बन्धित संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न अनुरोध गरिएको छ ।  


 

Advertisement

Advertisement