सानिमा मिडिल हाइड्रोको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । 

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको कम्पनीको आईपीओ चार लाख २४ हजार ८ सय ८५ जनाले १०-१० कित्ता र ८ जनाले ११-११ कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटको वेबसाइट http://www.sanima.capital/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.middletamor.com/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ । 

उक्त कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । 

यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । 

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement