सुनको मूल्य प्रतितोला २ हजार रुपियाँ घट्यो, आज तोलाको कति ?

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

केही दिन पहिलो सुन प्रतितोला १ लाख १० हजार रुपियाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । 

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement