शेयर बजार दोहोरो अंकले घट्योः सवा अर्ब बढीको कारोबार, माया खोलामा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७६ अंकले घटेको हो  । ०.८१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.२९ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २६६ कम्पनीका ३७ लाख ७७ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९ सय २९.६७ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार दोहोरो अंकले घटे पनि एउटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । माया खोला हाइड्रोका लगानीकर्ताहरुले ९.९८ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी आज बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

Advertisement

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४.३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार बजार ६.९० अंकले घट्दा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५.१३ रुपियाँ र सोमबार २२.६५ अंकले बजार बढ्दा  १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८.२९ रुपियाँ  बराबरको कारोबार भएको थियो । हिजो मंगलबार घोडेजात्रामा उपत्यका बिदाका कारण शेयर बजार बन्द रहेको थियो । 
 

Advertisement