आठ महिनामा निर्यात खर्ब नाघ्यो, आयात साढे १० खर्ब

Advertisement

काठमाडौं । चालु वर्षको ८ महिनामा निर्यात १ खर्ब नाघेको छ । 

वनस्पति तेल निर्यातले खर्ब नघाएको हो । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै निर्यात सोयाविन तेल भएको छ । सोयाविन तेल ८ अर्ब ३७ करोड बराबरको निर्यात भएको हो । यस्तै पाम तेल ८ अर्ब ३१ करोडको निर्यात भएको छ ।

Advertisement

यसैगरी तेस्रो धेरै निर्यात हुनेमा अलैंची परेको छ । अलैंची ५ अर्ब ८४ करोडको निर्यात भएको छ । ८ महिनामा आयात १० खर्ब ५८ करोडको आयात भएको छ ।

यो आयातबाट राज्यले २ खर्ब ४२ करोड राजस्व असुल गरेको छ । आयात यो गतवर्ष भन्दा १९.१३ प्रतिशतले कमि हो । ८ महिनामा व्यापार घाटा ९ खर्ब ५३ अर्ब पुगेको छ ।

 

Advertisement

Advertisement