सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल चयन, केही महिनापछि अध्यक्ष हुने

Advertisement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ ९सीएनआई० को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् ।

पूर्वअध्यक्षहरुसहितको गभर्निङ काउन्सिल बैठकले हाल उपाध्यक्ष रहेका अग्रवाललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  

Advertisement

गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट हुने व्यक्ति नै आगामी अध्यक्ष हुने व्यवस्था छ । 

सीएनआईमा अध्यक्षको कार्यकाल २ वर्ष हुन्छ । अध्यक्ष विष्णुकुमार अग्रवालको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । त्यसपछि राजेशकुमार सीएनआईको अध्यक्ष हुने छन् । 

Advertisement