सार्वजनिक पद धारणा गर्नेले नौ वटा शीर्षकमा मात्र विदेश जान पाउने, सरकारले निकाल्यो सूचना

Advertisement

काठमाडौं। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले सार्वजनिक पद धारण गरेकाहरुले नौ शीर्षकमा भन्दा बाहिर अन्य कुनै पनि प्रयोजनका लागि विदेश भ्रमण जान नपाइने निर्णय गरेको छ।

कार्यालयले उच्च पदस्थ सरकारी अधिकारीहरुलाई अति जरुरीबाहेक अन्य काममा विदेश भ्रमण नजान निर्देशन दिएको हो । मन्त्रिपरिषद्को गत फागुन ३० गते बसेको बैठकले उच्च पदस्थ सरकारी पदाधिकारीको वैदेशिक भ्रमण सम्बन्धमा निर्णय गरेको थियो । 

Advertisement

देशको आर्थिक अवस्था कमजोर बनेको भन्दै कार्यालयले विदेश भ्रमणमा कडाई गरेको हो । निर्णयअनुसार सरकार, मन्त्रिपरिषद्का सदस्य लगायतका उच्च पदस्थ सरकारी पदाधिकारीले अनिवार्य रूपमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय, क्षेत्रीय वा द्विपक्षीय वार्ता, सभा, सम्मेलन वा बैठकमा प्रतिनिधित्व गर्ने विषयमा भ्रमण गर्न पाइनेछन् ।

यस्तै, नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ, संगठनका वार्षिक महासभा, महाधिवेशन, आवधिक बैठक वा सभा सम्मेलनमा प्रतिनिधित्व गर्ने विषय, अन्तर्राष्ट्रिय, क्षेत्रीय वा द्विपक्षीय सन्धी सम्झौताअन्तर्गत नेपालको प्रतिनिधित्व गर्ने विषय जस्ता अत्यावश्यक अवस्थामा मात्रै भ्रमण गर्न पाइनेछ।  

उल्लेखित शीर्षकभन्दा बाहिरबाट भ्रमणमा नजान प्रधामन्त्री कार्यालयले सबै मन्त्रालय तथा निकायलाई पत्राचार गरेको छ । 

Advertisement

Advertisement