अहिलेसम्म ठेक्का नलागेका विकास आयोजना अब ठेक्का नलगाइने

राजश्व कम उठेर खर्च धान्न नसकेपछि अर्थले रोक्यो कृषि मन्त्रालयको साढे ११ अर्ब बजेट

Advertisement

काठमाडौं। अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको साढे ११ अर्ब बजेट रोक्का गरेको छ । राजस्व कम उठेर खर्च धान्न नसकेको बेला अर्थले विनियोजित रकम काटेको हो ।

अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै तत्काल बजेट रोक्का गर्न भनेको छ । जसअनुसार बजेट शीर्षक नम्बर ३१२००१०१ अन्तर्गत विनियोजित रकम रोक्का गर्न भनेको हो ।

Advertisement

यो शीर्षकमा चालु वर्ष ११ अर्ब ४८ करोड ३८ लाख रकम विनियोजन गरिएको छ । यो रकम कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत राखिएको छ। यो रकमको स्रोत वेदेशिक सहायताबाट समेत राखिएको छ। यसले गर्दा समेत सरकारलाई स्रोत व्यवस्थापनमा मुस्किल परेको हो ।

यो रकम कृषि अनुदानमा खर्च गर्नका लागि पठाइने रकम हो । कृषि मन्त्रालयको सो रकम रोक्का गर्न सबै कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको महालेखाका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । उनका अनुसार सो रकम बजेट उपशीर्षक टीएसएमा नदेखिएकोले एलएमबीआइएसबाटै रोक्का गर्न निर्देशन दिएको हो।

अनुदानको सो रकम काट्ने निर्णय अर्थ मन्त्रालयले फागुन २ गते गरेको थियो। यो रकम प्रदेश तथा स्थानीयस्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रममा सशर्त अनुदानका रुपमा वित्तीय हस्तान्तरणमा राखिएको थियो।  

अहिले सरकारको खाता १ खर्ब ६५ अर्ब भन्दा बढीले ऋणात्मक भइसकेको छ । सरकारको अनिवार्य दायित्वभित्र नै छ खर्ब भन्दा बढी रकम खर्चिनु पर्ने बाध्यता छ। पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर मनलाग्दी हेरफेर गर्नुका साथै सरकारी खर्च बढाइदिएका थिए । 

चालु वर्ष सरकारले प्रदेशलाई वित्तिय हस्तान्तरण शीर्षकमा एक खर्ब २९ अर्ब ४६ करोड विनियोजन गरेको छ । केन्द्र सरकारलाई नै खर्च धान्न हम्मे परेपछि खर्च कटौती गर्ने उपाय निकालिरहेको हो । अर्थसचिव तोयम रायले सचिवको जिम्मेवारी पाउने वित्तिकै चालु खर्च कटौति गर्ने निर्णय गरेका थिए ।

यसैगरी ठेक्का नलागेका ठेक्काहरु समेत प्रक्रिया अघि नबढाउने निर्णय गरिसकेको छ ।

Advertisement

Advertisement