सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढ्यो, चाँदीको स्थिर

Advertisement

काठमाडौं ।  शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भाउ भने स्थिर रह्यो । सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो । 

Advertisement

Advertisement