बालबालिका र युवालाई नैतिक शिक्षाको खाँचो छः घिमिरे

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताएका हुन् । 

सिमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्ने घिमिरेले बताए । उनले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए । घिमिरेले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए । 

Advertisement

उनले भने, ‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्वी, चरित्रवान तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रुपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट । आज संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ । तर सिमित मुलुकमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ । तर हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि उक्त अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ ।’

Advertisement

Advertisement