विश्व कीर्तिमानी पार्वतारोही मिङ्मा डेविड शेर्पा स्कार्पा जुत्ताको एथलेट एम्बासडर नियुक्त

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा स्कार्पा स्पेनको एथलेट एम्बासडर नियुक्त भएका छन् । शेर्पाले विभिन्न हिमालहरुमा उक्त कम्पनीको जुत्ता लगाएर हिमाल आरोहण गरिसकेका छन् । 

स्कार्पा र आफूबीच सहकार्य भएको शेर्पाले जानकारी दिए । यता कम्पनीले विश्वको आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छा आरोहीसँग काम गर्नु हाम्रो लागि ठूलो अवसर भएको बताएको छ । 

Advertisement

स्कार्पाको उत्पादनहरु अहिले नेपालमा पनि चल्न थालेको छ । प्रतिकूल वातावरणमा पनि लगाउन सकिने यो जुत्ता विश्वका विभिन्न बजारमा बिक्री हुन्छ । स्कार्पाको फैटम ८००० (हिमालय माउन्टेन शु) पर्वतारी शेर्पासँगै विन्टर सिर्जनमै विश्वको दोस्रो अग्लो हिमाल केटुमा देख्दा हामीलाई धेरै खुसी लागेको र आफूहरु शेर्पासँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न तत्पर रहेको सामाजिक सञ्जानलमार्फत कम्पनीले जानकारी दिए । 

उत्तरी इटालीको इनोभेसन र परम्पराबाट बनेको स्कार्पा सुरुवात १९३८ मा भएको हो । 

Advertisement

Advertisement