एक अभिकर्ता एक कम्पनीको अबधारणाको बीमा क्षेत्रमा सकारात्मक प्रभाव

बीमा क्षेत्रका विकृति निर्मुल गर्न नसकिए पनि नियन्त्रणको प्रयास जरुरी छः सीईओ पौडेल

Advertisement

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाली बीमा क्षेत्रमा अझै पनि योग्य जनशक्तिको अभाव रहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा क्षेत्रमा जनशक्तिको संख्यात्मक वृद्धि भए पनि त्यो गुणस्तरीय नरहेको बताएका हुन् । 

साथै, पौडेलले बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई प्रशिक्षित गरी दक्ष बनाउनु जरुरी रहेको पनि बताए । उनले भने, ‘कम्पनीहरुले पनि आफ्ना अभिकर्ताको प्रशिक्षणमा कुनै कन्जुस्याईं गर्न हुँदैन् । हाम्रा अभिकर्ताहरुले बीमा बुझाएर भन्दा पनि बीमितलाई विश्वास मात्रै दिलाएर बीमा गराउने चलन छ । यसमा दुई वटा कुरा हुन्छ । एउटा भनेको बीमितले बीमाको बारेमा बुझेर त्यसको आवश्यकता महशुस गर्ने अनि बीमाको विश्वास गर्ने कुरा हो । अर्को भनेको अभिकर्ता आफ्नो नजिकको मान्छे हो भनेर उसको चिनजानको भरमा सिधै बीमा गराउने चलन छ । अब बीमितले चिनजान मात्र भन्दा पनि क्षति हुँदा पाउने दायित्वको बारेमा खोजी गरेर बीमा गर्नुपर्ने बेला आएको छ ।’

Advertisement

व्यक्तिगत विश्वासमा मात्रै भन्दा पनि काजगपत्रको आधारमा बीमाको किनबेच हुनुपर्ने पौडेलको भनाई छ । उनले विकसित देशहरुले आफ्नो कमाईको केही हिस्सा बीमाको विकासको लागि छुट्याउने चलन छ । पहिलो पटक जागिर खाँदै गरेकाले पनि आफ्नो तलब कहिले आउला र बीमा गरौंला भन्ने सोचको विकास गरेको पाइन्छ भन्दै उनले नेपालमा भने त्यसको अभाव रहेको बताए ।

सीईओ पौडेलले नेपाल बीमा प्राधिकरणले ल्याएको एक अभिकर्ता एक कम्पनीको अवधारणाले बीमा क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए । उनले विगतमा अभिकर्ताहरुले धेरै कम्पनी कम्पनीका लागि काम गर्दा र साटफेर गर्दा कम्पनीको व्यवसाय मात्र नभई समग्र बीमा क्षेत्रको व्यवसायिकतामाथि प्रश्न उठ्ने गरेको बताए । 

अभिकर्ता एक कम्पनीबाट अर्कोमा जान नपाउने भएसँगै अभिकर्तामा पनि व्यवसायिकताको विकास हुने र कम्पनीमा पनि स्वस्थता ल्याउने पौडेलको तर्क छ । उनले हरेक क्षेत्रमा नैतिकता र इमान्दारिता जरुरी पर्ने बताउँदै अभिकर्ताले बीमा गराउँदा धेरै संयमता अपनाउन जरुरी रहेको बताए । बीमा क्षेत्रका विकृति निर्मुल गर्न नसकिए पनि नियन्त्रणको प्रयास भने गर्नुपर्ने पौडेलले बताए । 

उनले बीमा क्षेत्रमा चेतनाको पर्याप्त विकास हुन नसकेको स्वीकार गरे । पौडेलले भने, ‘बीमा क्षेत्रको विकासका लागि प्राधिकरणले प्रयास गरेको छ । प्राधिकरणका निर्देशनहरु केही परिस्कृत हुँदा बीमितमा देखिने नतिजामा पनि फेरबदल आउने कुराहरु छन् । अर्कोतर्फ ग्राहक आफैले पाउने सुविधाका बारेमा पूर्वजानकारी राख्न जरुरी देखिन्छ ।’

Advertisement

Advertisement