समग्रमा नेप्से १८ अंकले तल झर्योः डेढ अर्ब माथि उक्लिनै सकेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । यो साता चार दिन बजार खुल्दा ३ दिन घट्यो भने एक दिनमात्रै बजार माथि उक्लिएको थियो । गत मंगलबार भने घोडेजात्राको बिदाका कारण बजार बन्द रहेको थियो । 

नेप्सेका अनुसार यो साता समग्रमा १८.१६ अंकले नेप्से तल झरेर १९१५.१४ अंकमा आइपुगेको छ । 

Advertisement

साताको पहिलो दिन ६.९० अंकले घटेको बजार सोमबार भने २२.६५ अंकले बढेको थियो । त्यसैगरी बुधबार १५.७६ र साताको अन्तिम दिन बिहीबार १८.१५ अंकले बजार घटेको थियो । 

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको ७ महिनाको वित्तीय तथा आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले मुलुकको अर्थतन्त्र सुधारिंदै गएको देखाउँछ । तर विज्ञहरु भने मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताइरहेका छन् । 

यति खेर अर्थमन्त्रालयमा विभागीय मन्त्री पनि छैनन् । अर्थमन्त्री कस्तो व्यक्ति नियुक्त हुन्छन् ? शेयर बजारले यस कुरालाई प्रतीक्षा गरेको पनि हुन सक्छ । शेयर बजारको आफ्नै लय हुनु पर्ने हो, तर नेपालमा नेताका भाषणहरुले पनि बजारलाई प्रभावित पार्ने गरेको छ । 

परिस्थिति यसै आंकलन गर्ने अवस्था छैन । शेयर बजारका जानकारहरु समेत आगामी साता पनि बजारले कुन लय लिन्छ ? यसै भन्न सकिरहेका छैनन् । 

यस्तो रह्यो कारोबार 
यो साता ५ अर्ब ११ करोड ५२ लाख ८१ हजार ५ सय ४५.५९ रुपियाँको मात्रै कारोबार भयो । कुनै दिन पनि कारोबार डेढ अर्ब भन्दा माथि जान सकेन । 

साताको पहिलो दिन आइतबार १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५.१३ रुपियाँ, सोमबार १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८.२९ रुपियाँ , बुधबार १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९ सय २९.६७ रुपियाँ  र बिहीबार १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय २.५० रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement