मुलुकलाई आर्थिक संकटबाट पार लगाउन नसक्ने भए कांग्रेस सरकारमा जान हुँदैन्ः गुरुङ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकलाई आर्थिक संकटबाट पार लगाउन नसक्ने भए आफ्नो पार्टी सरकारमा जान नहुने धारणा राखेका छन् । 

शनिबार हेटौंडामा आफ्नो पार्टीनिकट शिक्षकहरुको कार्यक्रममा उनले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन् । इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौं भन्ने पनि उत्तिकै हामीसँग प्रण छ । उत्तिकै योजना, दृष्टिकोण पनि छ ।’

Advertisement

मुलुक ठूलो आर्थिक संकटको जोखिममा रहेको गुरुङले बताए । आर्थिक संकटबाट मुक्त गर्न मात्रै कांग्रेस सरकारमा जान उपयुक्त हुने उनले बताए । गुरुङले सरकारमा गएपछि राजनीतिक तरलता छ, काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भए पनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई नहुने तर्क गर्दै सत्तारुढ गठवन्धनमा सामेल दलहरुलाई नेतृत्व गरेर पाँचै बर्षसम्म सरकार चलाउने हिम्मत कांग्रेसले राख्नुपर्ने बताए । 

नेता गुरुङले आर्थिक संकटको बेला विदेशबाट आयात गरिएका खादा, माला जस्ता वस्तुको प्रयोग गर्न सल्लाह दिँदै भने, ‘केही समयमा शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन् । बाहिरबाट आएका माला÷खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन ।’

Advertisement

Advertisement