नेपालमा बनाइएको विद्युतीय स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले दबाब दिएः सीईओ ढुंगेल

Advertisement

काठमाडौं । नेपालमै उत्पादन हुन लागेको ग्रन्थ विद्युतीय स्कुटर (ईभी)को मूल्य घटाउन ठूला कम्पनीले दबाब दिएको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालीले जनाएको छ । 

एफडी मोटर्सको नेपालको आधिकारिक बिक्रेता ग्रन्थ ईभीले जनाएको हो । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको भन्दै त्यसलाई बढाउन दबाब दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । 
 
आफूहरुले अरुले भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलले वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम भइरहेको बताएको छ । 

Advertisement

तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका ढुंगेलको भनाई छ । ग्रन्थ ईभीले साढे दुई लाखदेखि तीन लाख रूपियाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने उनले बताएका छन् । 

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘साढे दुई लाखदेखि तीन लाख रूपियाँमा विद्युतीय स्कुटर दिने तयारी गरेका छौं । तर बजारमा उपलब्ध अन्य स्कुटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’ 

यदी आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गाह्रो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको ढुंगेलले बताएका छन् विशेषगरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको उनको भनाई छ । 

बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ । ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिने र यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने भन्दै कम्पनीले राम्रो र पावरफुल परपर्मेन्स पनि हुने बताएको छ । 

‘पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर’ प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको भन्दै ढुंगेलले अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुने बताएका छन् । हब मोटर प्रयोग भएको स्कुटर समथर जमिनमा गुड्न सजिलो सक्ने तर उकालो, ओरालोमा राम्रोसँग गुड्न नसक्ने उनको तर्क छ । 

ग्रन्थ स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको, यसले रेञ्ज बढी दिने भन्दै कम्पनीले ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने जनाएको छ । चारदेखि साढे चार घण्टामा उक्त स्कुटर फुल चार्ज हुने, अधिकतम रेञ्ज ११० किलोमिटर दिने, यसमा ब्याट्रि ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिने जनाइएको छ । 

Advertisement

Advertisement