अग्रिम आयकर दोस्रो किस्ताको ७० प्रतिशत कर दाखिला समयमै गर्न आग्रह, नतिरे १५ प्रतिशत ब्याज

Advertisement

काठमाडौं। आन्तरिक राजस्व विभागले अग्रिम आयकरको ७० प्रतिशत रकम तिर्न भनेको छ। समयमै कर दाखिला गरी जरिवानाबाट बच्न करदातालाई सुझाएको हो ।

चैत महिना कर कानुन अनुसार अग्रिम करको दोस्रो किस्ता दाखिला गर्ने महिना हो । यो महिना करदाताले आफ्नो कुल नाफाको ३० प्रतिशत कर तिर्नु पर्नेछ । पहिलो किस्ता वापतको पुस महिनामा ४० प्रतिशत रकम करदाताले तिरिसकेका छन् । अब दोस्रो किस्ता वापतको ७० प्रतिशत कर दाखिला गर्नुपर्नेछ ।

Advertisement

चैत मसान्तसम्ममा कर दाखिला गरी जरिवानाबाट बच्न करदातालाई विभागले आग्रह गरेको छ । यदी तोकिएको अवधिमा कर दाखिला नगरे करदाताले १५ प्रतिशत चक्रिय ब्याज तिर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि यदि कुनै ‘ए’ भन्ने कम्पनीको वार्षिक आयकर १ लाख तिर्नुपर्ने छ भने उसले पुस महिनामा ४० प्रतिशत अर्थात ४० हजार रकम तिर्नुपर्ने हुन्छ । यस्तै चैत महिनामा ३० प्रतिशत अर्थात ३० हजार रुपैंया तिर्नुपर्ने हुन्छ । दुबै किस्ता गरी कुल ७० हजार कर कम्पनीले तिर्नुपर्ने हुन्छ ।

यदि वार्षिक सात हजार ५ सय कर तिर्ने करदाता छन् भने उसले यो किस्ता दाखिला नगर्दा पनि हुन्छ ।

Advertisement

Advertisement