सगरमाथा जलविद्युत कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईँ छुट्नु भयो कि ?

Advertisement

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आवेदन दिने आज अन्तिम दिन हो । 

कम्पनीले गत चैत ८ गतेदेखि आज चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । आज कार्यालय समयभित्र उक्त आईपीओ भर्न सकिने छ ।  

Advertisement

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका बिक्री गर्न लागेको हो । 

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि  र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।  

Advertisement

Advertisement