प्रभु लाइफले सम्पन्न गर्यो सक्सेस मन्त्र कार्यक्रम

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । हिजो सम्पन्न उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरु सहभागी थिए ।

उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । उक्त अवसरमा नायब महाप्रबन्धक आले मगरले लिडरसिप कार्यक्रमले बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

त्यस्तै, प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेले उपस्थिती जनाएका थिए ।
 
अन्तराष्ट्रिय नेपाली ट्रेनर मिनबहादुर घल डरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा थिए । उनले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु दिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र सफलताका यात्राहका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

Advertisement

Advertisement