तीन जना एटीसी कारवाहीमा

एयर इन्डियाको हेपाहा प्रवृत्तिले नेपाल वायुसेवाको जहाजसँग आकाशमा झण्डै ठोक्कियो

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरेको छ । शुक्रबार बिहान आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज झन्डै ठोक्किन पुगेको घटनामा प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गरेको प्राधिकरणले जनाएको हो ।

गत शुक्रबार भारतबाट आएको एयर इण्डिया र मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज सिमरामा झन्डै ठोकिएको थियो । एयर इन्डियाको चरम लापरबाहीका कारण झन्डै दुई जहाज आकाशमै ठोक्किनबाट जोग्गिएको हो । 

Advertisement

एटीसीको अनुमति बिना १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग ठोक्किन लागेको थियो ।

एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुबै जहाजको ककपिटमा रहेको ‘ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम’ (टिकास)ले सचेत गराएको थियो । टिकासले अर्को जहाज नजिक आएपछि सचेत गराउने काम गर्छ । यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा प्राधिकरणले छानविन सुरु गरेको छ । 

छानविनको लागि समिति गठन गरि काम सुरु गरेको प्राधिकरणले जानकारी दियो । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एटीसीको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’ बाट हटाइएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयर इन्डियाको जहाजलाई १९ हजार फिट दिएको र नेपाल एयरलाइन्सको जहाजलाई १८ हजार फिट दिएको बताउँदै भने, ‘तर नेपाल एयरलाइन्सको जहाजलाई १५ हजारको फिटमा झारियो । दिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको जहाज एटीसीको सम्पर्कमा नआएर सिधै १५ हजार फिटमा झर्यो । दुई वटा जहाजको बिचमा भर्टिकल सेपरेशन चाहिँ एक हजार फिटको हुनुपर्छ । नेपाल एयरलाइन्सको जहाज पनि १५ हजार फिटमा, एयर इण्डिया पनि १६ हजार भन्दा तल्ला झन् थालेपछि नेपाल एयरलाइन्सको जहाजको ‘टिकास’मा अलर्ट आयो । नेपाल एयरलाइन्सको जहाजको पाइलटले एटीसीलाई रिपोर्ट गर्यो । रिपोर्ट गरेपछि नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार पाँच सय फिटमा झन झर्न लगाइयो ।’ 

उनले थपे, ‘त्यसैले गर्दा यो घटनामा तत्काल हेर्दा कसको गल्ती हो ? पुष्टी भएको छैन् । गल्ती पुष्टी नभएसम्म छानविनको लागि सहजीकरण होस् भनेर तीन जना एयर ट्राफिक कन्ट्रोलरलाई एक्टिभ ड्यूटीबाट हटाएको छ ।’ एयर इन्डियाको पाइलटलाई पनि नेपालको कन्ट्रि अफिसमार्फत काठमाडौंको उडान गर्न रोक लगाएको भुलले जानकारी दिए । तीन सदस्यीय छानविन समिति गठन भएको र समितिले एक हप्ताभित्र रिपोर्ट बुझाएपछि गल्ती कस्को हो ? त्यसको आधारमा कारवाही गरिने उनले बताए । 

Advertisement

Advertisement