तीस करोड लगानीमा प्लाष्टिक उद्योग खोलेका व्यवसायी जोडीको प्रश्न– आयात किन रोक्दैन सरकार ?

Advertisement

काठमाडौं । मुकेशबहादुर बम र नवराज भट्टराई दुई व्यवसायी जोडी हुन् । उनीहरु दुई जना मिलेर टीकापुर प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका छन् । ठूलो लगानी गरेर जोखिमका साथ उद्योग खोले पनि सरकारले आयातित सामानहरुलाई निर्वाधरुपमा प्रवेश दिएको देख्दा उनीहरु निराश छन् । 

आफूहरुले सामान उत्पादनका लागि ल्याउने कच्चा पदार्थ र आयातित तयारी बस्तुमा एउटै भन्सार दर तोक्ने काम भएको उद्योगका दुई सञ्चालकमध्ये एक बमले आयाततित सामानलाई पनि कच्चा पदार्थलाई जस्तै एउटै भन्सार दर लागू गर्ने हो भने नेपालमा उद्योग खोल्नुको के अर्थ भयो ?’ 

Advertisement

टीकापुर प्लास्टिक उद्योगले प्लाष्टिकका डोरी र सुतरीहरु उत्पादन गरी देशभर बिक्री गर्दै आएको छ । अहिले सो उद्योगले राजधानीको भृकुटीमण्डपमा जारी प्लाष्टिकका सामानहरुको मेलामा सहभागिता जनाएको छ । सोही क्रममा भेट भएका बमले सरकारबाट आफूहरुले कुनै सहयोग नपाएको भन्दै गुनासो पोखे । 

उनले भने, ‘सरकारले सरकारले आयात हुँदै आएका सामग्रीको भन्सार दर बढाएमा मात्र नेपालमा उत्पादन भएका प्लाष्टिकका सामानको खपत बढ्छ । आयात पनि कम हुन्छ । अहिलेकै अवस्था रहँदासम्म त कसरी स्वदेशी उद्योगहरु फस्टाउन सक्छ ? तयारी माल ल्याउँदा र कच्चा पदार्थ ल्याउँदा एउटै भन्सार मूल्य तिर्नुपर्ने त मिल्ने कुरै होइन् ।’ ठूलो लगानी गरेर सयौंलाई रोजगारी दिँदा पनि सरकारले उपेक्षा गरेको बताए । 

टीकापुरको दुर्गौलीमा तीन महिनाअघि मात्रै सञ्चालनमा आएको यो उद्योग डोरीको व्यवसाय राम्रो हुन थालेपछि  प्लाष्टिकका झोलाको पनि उत्पादन सुरु गर्ने योजना बनाएको छ । उद्योग दिनमा २० घण्टासम्म सञ्चालन हुने गरेको बताउँदै बमले उद्योगमा १४० जनाले रोजगारी पाएको बताए । 

टीकापुर प्लास्टिक उद्योगबाट २ एमएमदेखि २० एमएमसम्मका विभिन्न प्रकारका डोरी उत्पादन हुने गरेको छ । कारखानाबाट एक पटकमा २६ टनसम्म डोरी उत्पादन हुने गरेको सुनाउँदै उनले आफूहरुले उत्पादन गरेको डोरीको औषत आयाु सात वर्षको हुने बताए । नेपालमा पहिलो पटक डोरी उत्पादन गर्ने उद्योग आफूहरुको भएको बमले बताए । 

उनले आफूले उत्पादन गरेको डोरी कृषि परियोजनाका लागि, तराईमा खटिया पलङ बनाउन, गाँउ र शहरमा कपडा सुकाउन र अन्य परियोजनाहरुमा बढी प्रयोग हुने  बताए । 

Advertisement

Advertisement