सानिमा रिलायन्सको सीईओमा नियुक्त पाण्डेलाई बीमा प्राधिकरणको स्वीकृति

Advertisement

काठमाडौं । मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डेलाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । 

उनको नियुक्तिलाई आइतबार प्राधिकरणले स्वीकृति दिएको हो । सानिमा लाइफ र रिलायन्स लाइफबीच गत बिहीबारबाट एकीकृत कारोबार सुरु गरेका हो । 

Advertisement

पाण्डेसँग नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव छ । उनी यसअघि सूर्या लाइफको सीईओ थिए । पाण्डेले सानिमा रिलाइन्स ठूलो चुक्ता पुँजी भएको जीवन बीमा कम्पनी बनेको भन्दै अब नयाँ नयाँ योजना ल्याउने र बीमितको विश्वास जित्दै जाने बताएका छन् । 

Advertisement

Advertisement