भुटानी शरणार्थी प्रकरणमा आरजु राणादेखि दर्जनौं नेता र प्रशासकको संलग्नताको आशंका

भुटानी शरणार्थीको नाममा करोडौं ठगीः कुँवरले हेर्दै आएका थिए, आईजीपी भएपछि पक्राउ गरे

Advertisement

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउनु मोटो रकम उठाउँदै आएको गिरोहको नाइकेसहित तीन जना पक्राउ परेका छन् । 

प्रहरीले उक्त गिरोहका नाइके मोरङका केशव दुलाललाई तीन जनालाई पक्राउ गरेको हो । उक्त प्रकरणको केश हालै नेपाल प्रहरीको आईजीपी भएका वसन्त कुँवरले आफैले हेर्दै आएका थिए । उनी आईजीपी हुनासाथ दुलाल पक्राउ पर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । दुलाल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको पूर्वस्वकीय सचिव हुन् । 

Advertisement

बैधानिकरुपमा नै भुटानी शरणार्थीको परिचयपत्र बनाएर सयौंलाई अमेरिका लैजाने भन्दै ५० लाख रुपियाँसम्म अशुल्दै आएको यो गिरोहमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासहित थुप्रै ठूला दलका नेताहरुको संलग्नता देखिएको प्रहरीले बताउँदै आएको छ । 

दुलाललाई आइतबार अपराह्न काठमाडौंबाट पक्राउ परेका हुन् । गिरोहले अमेरिका पठाइदिने भन्दै सयौं व्यक्तिबाट १० करोडभन्दा बढी रकम उठाएको देखिएको हालका आईजीपी कुँवरले केही समयअघि कर्पोरेट नेपाललाई जानकारी दिएका थिए । भुटानी शरणार्थीको पहिचान र परिचयपत्र दिने कुरामा गृह मन्त्रालयदेखि संयुक्त राष्ट्र संघीय निकाय यूएनएचसीआरको समेत प्रत्यक्ष संलग्नता हुने भएकाले ती दुवै निकायका कर्मचारीहरुको समेत यस प्रकरणमा संलग्नता रहनसक्ने अनुमान गरिँदै आएको छ । 

भुटानी शरणार्थी समस्या समाधानका लागि २०७६ सालमा बनेको गृह मन्त्रालयको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थप्दै सयौं गैरशरणार्थीलाई परिचयपत्र दिने र रकम अशुल्ने काम दुलालसहितको गिरोहले गर्दै आएको थियो । 

उनीहरुविरुद्ध सयौं पीडितहरुले प्रमाणसहित प्रहरीमा उजुरी दिएको महिनौं भइसक्दा पनि आरोपीहरुलाई पक्राउ गरी छानविन र कारवाही गर्न आलटाल गर्ने काम हुँदै आएको थियो । दुलालसँगै सानु भण्डारी र टेक गुरुङ पनि पक्राउ परेका छन् । 

यो पनि पढ्नुहोस्ः

भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

Advertisement

Advertisement