वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा ‘रोप फिक्सिङ’ गर्ने ठेक्का ‘इमाजिन’ले पायो

Advertisement

काठमाडौं । यस बर्षको वसन्त ऋतुको आरोहणका लागि सर्वोच्च शिखर सगरमाथामा ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) इमाजिन नेपाल ट्रेक्स नामक कम्पनीले पाएको छ । 

यो वर्षको वसन्त ऋतुका लागि हिमाल आरोहण गर्ने सिजन सुरू भएसँगै सगरमाथामा डोरी टाँग्ने जिम्मा पर्यटन विभागले इमाजिनलाई दिएको हो । वसन्त ऋतुका आरोहणका लागि १५ जना विदेशी पर्यटकले आोहण अनुमति लिइसकेका छन् । 

Advertisement

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले वसन्त ऋतुको लागि सगरमाथा र माउन्ट ल्होत्सेमा रोप फिक्सिङको काम गर्न आफूहरुलाई विभागले तोकेको जानकारी दिइन । सगरमाथ प्रदूषण नियन्त्रण समितिले क्याम्प–२ सम्म रोप फिक्सिङको काम सकेपछि चुचुरोसम्मको रोप फिक्सिङ इमाजिनले गर्ने शेर्पाले बताए । माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले यो कामको नेतृत्व गर्नेछन् । 

रोप फिक्सिङसँगैं सगरमाथामा रहेका पुराना डोरीहरू निकाली नयाँ डोरी राखिने छ । यस किसिमको काम पहिलो पटक हुन लागेको प्रबन्धक दावा फुटी शेर्पाले बताइन् । 

Advertisement

Advertisement