पहिलो पटक पैसा नखुवाई पीपीए प्रक्रिया अघि बढाइदिएकोमा लिङदेनलाई भेटेरै धन्यवाद

Advertisement

काठमाडौँ । पहिलो पटक पैसा नखुवाई विद्युत खरीद बिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाइदिएकोमा खुशी हुँदै स्वतन्त्र उर्जा उत्पादक (आईपीपी)हरुले निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेटेरै धन्यवाद दिएका छन् । 

मन्त्री पदबाट मुक्त भइसकेपछि यसरी धन्यवाद दिने चयन  उर्जा उत्पादकहरुको संस्था इपानको थिएन् । तर इप्पानका अध्यक्ष कृष्ण आचार्यले टोली आइतबार लिङदेनलाई भेट्न उनको पार्टी कार्यालय पुग्यो र धन्यवाद दियो । हरेक पल्ट पीपीए हुँदा उर्जा उत्पादकहरुले मेगावाटको हिसावले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखलाई रकम बुझाउनुपर्ने बाध्यता हुन्थ्यो । त्यो रकम उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुग्ने गथ्र्यो ।  

Advertisement

एक जना आईपीपीले भने, ‘हामी धन्यवाद दिने भनेर गए पनि खास गएको भनेको यस पटक पीपीएमा घुस खुवाउन परेन । पैसा नदिई काम बन्दा धन्यवाद त दिनैपर्छ भनेर गएको हो ।’ लिङ्देन उर्जामन्त्री हुँदा बर्षौंदेखि रोक्किएको नदी प्रवाह (आरओआर)मा आधारित एक हजार पाँच सय मेगावाटसम्मका आयोजनाहरुको लागि पीपीएको प्रक्रिया खोल्दिएका थिए । उक्त प्रक्रिया खोल्न प्राधिकरण नेतृत्वले लामो समयदेखि पूर्वाधार नबनेको बहाना बनाउँदै आफूहरुसँग बार्गेनिङ गर्दै आएको आईपीपीहरुको आरोप छ । 

पीपीए रोक्किँदा आयोजना बनाउन सबै तयारी गरेर बसेका लगानीकर्ताहरु अन्योलमा पर्दै आएका थिए । लिङ्देनले आफू कुनै पनि आर्थिक लेनदेन र भ्रष्टचारमा संलग्न नहुने प्रतिवद्धता जनाउँदै आएका छन् । 

इप्पानका प्रतिनिधिहरुसँगको भेटमा लिङ्देनले आफ्नो छोटो कार्यकालमा उर्जा क्षेत्रका समस्याको पहिचान गरि त्यसको गाँठो फुकाउन आफूले इमानदार प्रयास गरेको बताए । उनले लामो समय पीपीए अवरुद्ध हुँदा लगानीकर्ता निराश भइरहेको अवस्थामा नीतिगत सुधार गर्न आफूले प्राथमिकताका साथ काम गरेको बताए ।

लिङदेनले भने, ‘समय छोटो भयो, छोटो समयका बाबजुद पनि विद्युत खरिद सम्झौता अघि बढ्न सक्यो, जलाशययुक्त बढिगण्डकी, दुधकोशी, तमोर जस्ता ठूला आयोजनाको प्रक्रिया शुरु भयो, नेपालबाट उत्पादित बिजुली खरिद गर्न भारतसंग सम्झौता भयो ।’

Advertisement

Advertisement