सिटी होटलले आईपीओ निष्काशनको मिति तोक्यो, कसले कहिले भर्ने ?

Advertisement

काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि बैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि बैशाअ २५ गतेदेखि बैशाख २८ गतेसम्म आईपीओ निष्काशन खुला गर्न लागिएको हो । 

Advertisement

कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख  रुपियाँ  बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । 

कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता शेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कम्पनीले सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालन गरिरहेको छ । गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यागीहरुको उक्त होटलमा लगानी रहेको छ ।  

Advertisement

Advertisement