काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपियाँमा किनबेच भइरहेको छ ।