रिटर्नी फेडेरेशन नेपालको महाधिवेशनबाट अध्यक्षमा अधिकारी चयन

Advertisement

काठमाडौं । रिटर्नी फेडेरेशन नेपालको प्रथम महाधिवेशनले  उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

चेत ११ र १२ गते काठमाडौंमा आयोजित महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । 

Advertisement

समितिको उपाध्यक्षमा विनोद भट्टराई, शालिकग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजीबहादुर थापामगर, अर्चना बस्नेत, महासचिवमा जयप्रसाद सापकोटा (जेपी), उपमहासचिवहरुमा जीवन अर्याल र भरत सिवाकोटी, सचिवहरुमा  नवराज श्रेष्ठ, खेमबहादुर कार्की, कृष्णप्रसाद घोरासैनी, बुद्धिप्रसाद सुवेदी, बसन्तबहादुर क्षेत्री र कोषाध्यक्षमा सुनिल कार्की चयन भएका छन् । 

स्थायी कमिटीसहित ९९ सदस्यीय केन्द्रीय समितिमा निर्विरोध चयन गरिएको हो । निर्वाचन आयोगका अध्यक्षमा कृष्णप्रसाद भुसाल, लेखा आयोगको अध्यक्षमा जितेन्द्र बानिया, अनुशासन आयोग अध्यक्षमा दिलकिरण खजुम निर्विरोध निर्वाचित भएका छन् ।

उक्त संगठन नेकपा एमालेको भातृ संगठन हो । 

 

Advertisement

Advertisement