भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, चेकजाँच जारी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिंय विमानस्थबाट भैरहवा उडान लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । उड्न लागेको बेला ‘इण्डिकेटर’ मा समस्या देखिएपछि जहाज धावनमार्गबाटै पार्किङमा फर्किएको थियो । 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार २ः४५ बजे काठमाडौंबाट भैरहवाको लागि उडन लागेको चालक दलका सदस्य र यात्रुसहित ७८ जना बोकेको विमान टेकअफ हुन नसको र इण्डिकेटरमा समस्या देखेपछि रनवेबाटै पार्किङमा फर्किएको छ । 

Advertisement

जहाजको चेकजाँच गर्ने क्रम जारी रहेको र यात्रुहरुलाई अर्को जहाजबाट भैरहवा पुर्याइएको छ । 

Advertisement

Advertisement