न्याय माग्न हिंडेर राजधानी आएका मिटरब्याज पीडितहरुको खुलामञ्च अगाडि विरोध प्रदर्शन

Advertisement

काठमाडौं । न्याय माग्न ११ दिनसम्म हिँडेर राजधानी काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् । 

तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर सयौंको संख्यामा आएका उनीहरु खुलामञ्च प्रवेश गर्न खोजे पनि नगर प्रहरीले रोकेपछि गेटमा नै प्रदर्शन गरिरहेका छन् । 

Advertisement

पीडितहरुले काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएकोमा मेयर बालेन शाहबिरुद्ध नारा लगाएका छन् । उनीहरुले खुलामञ्चमा बिरोध कार्यक्रम गर्न मेयर शाह र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिइएको गुनासो गरेका छन् । 

पीडितहरुले मेयर शाहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर प्रदर्शन गर्न समेत रोक लगाएको भन्दै विरोध गरेका हुन् । उनीहरुले बालेन शाह मुदार्वाद, मिटर ब्याजीहरुलाई कारबाही गर्, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे ,मिटर ब्याजीको सम्पत्ति छानबिन गर जस्ता नारा लगाएका छन् । 

Advertisement

Advertisement