सिटी एक्सप्रेसद्वारा अस्तित्व नेपाललाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । 

एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको उक्त संस्थाले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत प्रसिद्ध अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।   

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्ने क्रममा उक्त संस्थालाई सहयोग गरिएको हो ।  

सिटी एक्सप्रेसले बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement