हुवासिन सिमेन्टका महानिर्देशकले गरे स्थानीय विद्यालयलाई चार लाख सहयोग

Advertisement

काठमाडौं। धादिङको बेनिघाट रोराङ २, ताल्तीमा सञ्चालन रहेको हुवासिन सिमेन्ट उद्योगले स्थानीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उद्योगले दुई विद्यालयलाई चार लाख सहयोग गरेको हो।

कम्पनीका महानिर्देशक स्याङ् च्याङजाङ र उपमहानिर्देशक डिल्लीराज पोख्रेलले  विद्यालयका प्राध्यापकलाई चेक हस्तान्तरण गरे । अति सिमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको क्षेत्रमा अवस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयलाई तीन लाख र प्रजा आधारभूत विद्यालयलाइ एक लाख रुपियाँको चेक हस्तान्तरण गरियो ।

Advertisement

आर्थिक अभावले दुबै विद्यालयले शिक्षकलाई तलब दिन समस्या झेलिरहेका थिए । कम्पनीले स्थानीय विद्यालयलाई बिगत चार वर्षदेखि निरन्तर सहयोग गर्दै आइरहेको छ । यस अघि कम्पनीले स्थानीय प्रहरी चौकी निर्माण तथा स्वास्थ्य चौकीलाई पनि सहयोग गरेको थियो ।  कम्पनीले स्थानीय ६० घर परिवारलाई निःशुल्क विद्युत प्रदान गर्दै आएको छ । कम्पनीमा स्थानीय २८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने एक हजार जना भन्दाबढी स्थानीयले  विभिन्न अवसर प्राप्त गरेका छन् ।

Advertisement

Advertisement